असोज २२ गतेसम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला
काठमाण्डु – यातायात व्यवस्था विभागले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले दशैंको समयमा सार्वजनिक यातायातलाई सहज ढंगले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।
