मनोहरामा आरजेडएमको अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालन
काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ। कम्पनीले मनोहरास्थित राठी अटो वर्क्स तथा राठी चार्जिङ नेटवर्क स्थापना गरेको हो। बुधबार आयोजित कार्यक्रममा शाङच मोटर्सका अन्तर्राष्ट्रिय महाप्रबन्धक केन सुन र राठी ट्रेडिङका अध्यक्ष दिनेशकुमार राठीले संयुक्त रूपमा सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्कको शुभारम्भ गरे। कार्यक्रममा केन सुनले नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले गुणस्तरीय सवारी साधनसँगै स्पेयर पार्ट्स र बिक्रीपछिको सेवा विस्तारलाई कम्पनीले प्राथमिकता दिएको बताए।
