SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

लागुऔषध दुर्व्यसनीको भयावह अवस्था रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीमा लागुऔषध दुर्व्यसनी भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका छन् । उनले कैलालीको खुला सीमा र जंगली क्षेत्रमा लागु औषधको कारोबार हुने गरेको उल्लेख गरे ।