SHARE
कालिका खबर · बुधबार ३ भौ २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

निर्जीवन बीमा कम्पनीमा १ लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी

काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा दाबी फर्छ्योटमा हुने ढिलाइ अझै चुनौतीका रूपमा देखिएको छ। दुर्घटना, सम्पत्ति क्षति तथा प्राकृतिक विपद्पछि परेका दाबीको मूल्याङ्कनमा ढिलाइ, जटिल कागजी प्रक्रिया र बीमक तथा सर्भेयरबीचको समन्वय अभावका कारण बीमितले समयमै भुक्तानी पाउन नसकेको गुनासो बढ्दै गएको छ। दाबी फर्छ्योटमा हुने ढिलाइले बीमा क्षेत्रप्रतिको जनविश्वासमा समेत असर पार्दै आएको छ। नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी प्रक्रियालाई पारदर्शी र छिटो बनाउन विभिन्न निर्देशन तथा मार्गदर्शन जारी गर्दै आए पनि बाँकी दाबीको संख्या भने घट्नुको सट्टा बढेको तथ्यांकले देखाएको छ।