एनएमबी बैंकको अगुवाइमा तिला–१ आयोजनाको वित्तीय व्यवस्थापन टुंगियो
काठमाडौं । कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एनएमबी बैंक लिमिटेडको अगुवाइमा आयोजनाका लागि ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटाइएको हो। एससी पावर कम्पनी प्रालिले तिलाखोलामा निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सोमध्ये ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ। वित्तीय व्यवस्थापनमा एनएमबी बैंक अगुवा बैंकका रूपमा सहभागी भएको छ। ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा रहेका छन्।
