गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा
गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताएका छन् । पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामो दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दै उनले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गरे ।
