SHARE
Kalo Pati · बुधबार ३ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ आज तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार र सोमबार भने सुनको भाउ बढेको थियो ।