रास्वपा सांसद र मन्त्रीको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन
काठमाण्डौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो ।
