SHARE
कालिका खबर · बुधबार ३ भौ २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

सिमरा घटना : ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी पक्राउ

रौतहट । बाराको सिमरामा मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी  दिलीप क्षेत्रीको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो।