बेलायतमा तेस्रोपटक गुञ्जिँदैछ ‘किताब जात्रा’
काठमाडौँ ।बेलायतमा तेस्रो संस्करणको ‘किताब जात्रा’ यही अगस्ट २१ गते शुक्रबार आयोजना हुने भएको छ। किताब यात्रा फाउन्डेसनको आयोजनामा नेपाली दूतावास लन्डनमा हुने कार्यक्रममा साहित्य, संस्कृति र नेपाली समुदायसँग सम्बन्धित विविध गतिविधि समेटिनेछन्। जात्रामा प्यानल बहस, रचना वाचन, अवार्ड वितरण तथा पुस्तक प्रदर्शनी आयोजना गरिने आयोजकले जनाएको छ।
