SHARE
काठमाण्डुपाटी · बुधबार ३ भौ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

कोलकाताको होटलमा भीषण आगलागी, बालकसहित कम्तीमा ९ जनाको मृत्यु

काठमाण्डु– भारतको पश्चिम बंगालस्थित कोलकाताको मिर्जा गालिब स्ट्रिटमा रहेको पाँचतले साँघुरो भवनमा बुधबार बिहान भीषण आगलागी हुँदा बालक र महिलासहित कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। बुधबार बिहान करिब २ बजे आगलागी भएको प्रहरी स्रोतले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी