ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट सार्वजनिक
काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले गोल्छा ग्रुपको प्रस्तुतिमा आयोजना हुने ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष छ फाइनलिस्ट सार्वजनिक गरेको छ। नेपालभरका असाधारण किशोरकिशोरीलाई पहिचान, सम्मान र प्रोत्साहन गर्ने राष्ट्रिय मञ्चका रूपमा स्थापित यो कार्यक्रम यस वर्ष दक्षिण एसियाली स्तरमा विस्तार भएको छ। यस वर्षको प्रतिस्पर्धाका लागि देशका सातै प्रदेशबाट ७९१ आवेदन प्राप्त भएका थिए। तीमध्ये बागमती प्रदेशबाट २६.२७ प्रतिशत, कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेस प्रदेशबाट १९.४९ प्रतिशत आवेदन परेका थिए। कुल आवेदकमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला रहेका छन्।
