SHARE
कालिका खबर · मङगलबार २ भौ २०८३ ०५:०२ PM · 1 मिनेट पढाइ

म्याक्सस ई–टेरेनका ४४ वटा बुकिङ, भदौ १५ सम्म छुट अफर कायम

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोका क्रममा म्याक्सस ई–टेरेन पिकअप ट्रकका ४४ वटा बुकिङ भएको जनाएको छ। बुकिङ भएका सवारीमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन्। कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनलाई रु. ८८ लाखमा बजारमा ल्याएको थियो। नाइमा मोबिलिटी एक्सपोका अवसरमा यसमा रु. २ लाख छुट दिइएको थियो। त्यस्तै, रु. १ करोड २८ लाख मूल्य रहेको प्रिमियम भर्सनमा रु. ५ लाख छुटको व्यवस्था गरिएको थियो।