भारतीय सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
काठमाण्डु – भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका छन् ।
