प्रशिक्षार्थी र आवासीय चिकित्सकको निर्वाह भत्ताबारे प्रधानमन्त्री कार्यालयको चासो
काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ ।
