SHARE
कालिका खबर · मङगलबार २ भौ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

आइएमई लाइफको नवौं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा १० ‘न्यानो नानी’ वितरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्दै नवौं वार्षिकोत्सव मनाएको छ। कम्पनीले भदौ १ गते वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। साथै देशभरका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममार्फत समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।