SHARE
कालिका खबर · मङगलबार २ भौ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा लिपमोटरलाई ३०० भन्दा बढी गाडीको बुकिङ

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ३०० भन्दा बढी विद्युतीय गाडीको बुकिङ प्राप्त गरेको जनाएको छ। भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको एक्स्पोमा लिपमोटरको स्टलमा उल्लेख्य भीड लागेको कम्पनीले जनाएको छ। विशेषगरी हालै नेपाली बजारमा सार्वजनिक गरिएका लिपमोटर सी१० र सी११ मोडलप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीको भनाइ छ। लिपमोटर सी१० मा १४५ किलोवाटको मोटर, ५३ किलोवाट–घण्टाको ब्याट्री र सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ। यसमा ५१० लिटरको बुट स्पेस तथा विभिन्न आधुनिक सुरक्षा प्रविधि उपलब्ध छन्।