नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीमा उल्लेख्य बुकिङ
काठमाडौं । भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको उल्लेख्य आकर्षण देखिएको छ। एक्स्पो अवधिभर चेरी वान्डाका विभिन्न मोडलमा सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ। ‘मेहेनती हातको विश्वासिलो साथ’ ट्यागलाइनसहित एक्स्पोमा सहभागी चेरी वान्डाले ग्राहकका लागि बिनाधितो हायर पर्चेज सुविधासमेत उपलब्ध गराएको थियो। कम्पनीका अनुसार उक्त सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज बनाएको थियो। चेरी वान्डाका विद्युतीय सवारी मन्टेश्वरी विद्यालय तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
