चेरी र ज्यागुआर ल्यान्ड रोभरको संयुक्त ब्रान्ड ‘फ्रील्यान्डर’को पहिलो फ्ल्यागसिप एसयूभी सार्वजनिक
काठमाडौं । अटोमोबाइल क्षेत्रमा नयाँ तरङ्ग ल्याउँदै चेरी र ज्यागुआर ल्यान्ड रोभरको संयुक्त ब्रान्ड ‘फ्रील्यान्डर’ले आफ्नो पहिलो फ्ल्यागसिप एसयूभी ‘फ्रील्यान्डर ८’ आधिकारिक रूपमा बजारमा ल्याएको छ। नयाँ ऊर्जा सवारीको ब्रान्ड फ्रील्यान्डरअन्तर्गत उत्पादन गरिएको यो पहिलो सवारी हो। अगस्ट १४ देखि चीनको जियाङ्सु प्रान्तस्थित चाङ्सुमा फ्रील्यान्डर ८ को अग्रिम बुकिङ खुला गरिएको छ। यसको ६ सिटे संस्करणको मूल्य ३ लाख ४९ हजार ९ सय युआनदेखि ४ लाख २९ हजार ९ सय युआनसम्म तोकिएको छ भने ५ सिटे संस्करणको अग्रिम बुकिङ मूल्य ३ लाख ३९ हजार ९ सय युआनबाट सुरु हुन्छ।
