SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

जनकपुरधाममा तुलसीदास जयन्तीमा महोत्सव हुने, नेपाल–भारतका साधुसन्त आउने

सन्त शिरोमणि गोस्वामी तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना हुन लागिएको छ । श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागेको जानकारी दिएको छ ।