SHARE
कालिका खबर · मङगलबार २ भौ २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

मौलापुर नगर प्रमुख रिना साहद्धारा ढल निर्माणको निरिक्षण

रौतहट । रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा मोडेल बन्दै गइरहेको छ । मधेस प्रदेशको यसपालिकामा शिक्षा, स्वास्थ्य, यातायाता लगायतका क्षेत्र मात्रै नभई ढल निर्माणमा समेत नमुना कार्यले चर्चा पाएको छ । शुन्य करको नीति लिएको मौलापुर नगरपालिकामा फ्रि पानी, फ्रि बिजुली, छोरीको बिहेमा नगरपालिकाको सहयोगका साथै शिक्षा, स्वास्थ्य, यातायात, दलित बस्ती निर्माण लगायतका क्षेत्रमा नमुना काम निरन्तर जारी रहेकाले देशैभरीका बिभिन्न पालिकाले अध्ययन भ्रमण गर्दै आएका छन् ।