SHARE
कालिका खबर · मङगलबार २ भौ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

एनसेल र बीवाईडीबीच आईओटी सिममार्फत कनेक्टेड भेइकल सेवा प्रदान गर्ने समझदारी

काठमाडौं। एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउनेसम्बन्धी साझेदारी भएको छ। साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारी साधनमा एनसेलको ‘इन्टरनेट अफ थिङ्स’ (आईओटी) सिम जडान गरिने भएको हो। यसबाट बीवाईडीका ग्राहकले अतिरिक्त उपकरण, मोबाइल हटस्पट वा फोन कनेक्ट नगरी सवारी साधनमै उपलब्ध इन्टरनेट कनेक्टिभिटीमार्फत विभिन्न डिजिटल सेवा प्रयोग गर्न सक्नेछन्। आईओटी सिममार्फत बीवाईडीको एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्ने जनाइएको छ। ग्राहकले सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सक्नेछन्।