सीपीपीसीसीका नेता जियानगुओ ६ सदस्यीय टोलीसहित नेपाल आइपुगे
काठमाण्डु– चीनको राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिको स्थायी समितिका सदस्य जियाङ जियानगुओ नेपाल आइपुगेका छन्। जातीय तथा धार्मिक मामिला समितिका उपनिर्देशक समेत रहेका जियानगुओसहित ६ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार दिउँसो १२ः५१ बजे काठमाण्डु आइपुगेको हो । जियाङ मानव अधिकार अध्ययन समाजका कार्यकारी उपाध्यक्षसमेत हुन्।
