SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

ईयूको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सरकारको सघन प्रयास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू)को ‘हवाई सुरक्षा सूची’बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद निस्कल राईले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।