SHARE
Kalo Pati · मङगलबार २ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातमै चोरी, २ जना पक्राउ

काठमाडौं । सार्वजनिक यातायातमै चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोलुखुम्बु काङ्गेलका ३१ वर्षीय अजय बस्नेत र झापाको दमक नगरपालिका–६ का ४३ वर्षीय भविन्द्र विक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।