SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

सरकारलाई वर्षमान पुनको प्रश्न- ग्यासदेखि मल र पासपोर्टसम्म लाइनै लाइन, ‘कतिवटा लाइन बस्ने? नयाँ भनेको लाइन थप्ने हो?’

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि अहिले देशभर विपद्का घटना भइरहेकाले सरकारको प्रतिकार्यबारे सदनलाई जानकारी आवश्यक रहेको बताए ।