SHARE
Kalo Pati · मङगलबार २ भौ २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

लगातार दुई दिन बढेको सुनको भाउ आज घटबढ भएन

काठमाण्डौ । लगातार दुई दिन बढेको सुनको भाउ आज घटबढ भएको छैन । आज सुनको भाउ हिजो सोमवार जस्तै तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि अस्ति आइतवार र हिजो सोमवार सुनको भाउ बढेको थियो ।