SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेकाले सबै अनलाइन व्यवसायीहरूलाई कानुनी दायरामा आउन आह्वान गरेको हो ।