यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । जस अनुसार बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको समितिले जनाएको छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । त्यस्तै विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ ।
