सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र
काठमाडौँ । संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५-१५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो।
