SHARE
कालिका खबर · मङगलबार २ भौ २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

३० जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका प्रमुख ठूला नदीहरूमा जलसतह नियन्त्रणमा रहे पनि ३० जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार महाकाली, कोशी, नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै छ। तर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ।