SHARE
कालिका खबर · मङगलबार २ भौ २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

होटलदेखि स्वास्थ्य सेवासम्म, महालक्ष्मी बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायत विभिन्न क्षेत्रका ७ संस्थासँग सम्झौता गरेको छ। सम्झौतापछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाबाट उपलब्ध विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौताअनुसार मनकामना हिलक्रेष्ट होटल, कुरिनटारमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म, एलोफ्ट काठमाडौं, छायाँदेवी कम्प्लेक्स, ठमेलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र एल्लो हात्ती, लाजिम्पाटमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।