नेपाल सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने निर्णय
नेपाल सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने निर्णय भएको छ । आज मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने र नेपाल सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको हो।
