SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ। सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी रोकिएपछि धवलागिरि, अन्नपूर्ण र मालिका गाउँपालिकाका आयोजनाहरू प्रभावित भएका हुन्।