SHARE
पर्दाफास · सोमबार १ भौ २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधि सभाको आगामी भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ मा रहेको व्यवस्था बमोजिम उक्त दिनको बैठकमा प्रश्नोत्तरको समय निर्धारण गरिएको हो ।