SHARE
कालिका खबर · सोमबार १ भौ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गरिने बताएका छन् । उनले युवा बाध्यताले नभई स्वैच्छिक रूपमा सहज तरिकाले विदेश जाने वातावरण बनाउन सरकारले पहल गरिरहेको बताए । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिने क्रममा उनले स्वदेशमा रोजगारी सिर्जना गर्न ‘राष्ट्रिय रोजगार नीति, २०७१’ लाई पुनरावलोकन गरी राष्ट्रिय रोजगार ऐनमार्फत रोजगार नीति अघि बढाउन लागिएको जानकारी दिए । ‘हामीले हाम्रै देशमा रोजगार सिर्जना गर्नका लागि कुनै आधिकारिक नीति, ऐन छैनन् ।