SHARE
कालिका खबर · सोमबार १ भौ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन्। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा साेमबार भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहयोग र सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो। त्यस अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत काम अघि बढाइरहेको जानकारी दिए।