काभ्रेमा बोलेरो भीरबाट खस्याे, २ जनाकाे घटनास्थलमै मृत्यु
काठमाण्डु– काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन्। पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
