SHARE
कालिका खबर · सोमबार १ भौ २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

म्यानपावर व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता जारी

काठमाडौँ : वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै सेवा प्रवाह रोकेर आन्दोलन अघि बढाएपछि सरकार र व्यवसायीबीच सिंहदरबारमा वार्ता भइरहेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा रहेको टोली र युवा, श्रम तथा रोजगार मन्त्रालयका अधिकारीबीच बिहानदेखि छलफल जारी रहेको हो। व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट लिइने सेवा शुल्क निर्धारण, वैदेशिक रोजगारसम्बन्धी नीति तथा कानुनी व्यवस्था पुनरावलोकन, विभागबाट भएका कारबाही फिर्ता लगायत १५ वटा माग सरकारसमक्ष राखेका छन्। माग सम्बोधन नभएको भन्दै उनीहरूले पूर्वघोषित कार्यक्रमअनुसार कार्यालय बन्द गरी श्रमिक पठाउने कामसमेत स्थगित गरेका छन्।