SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सानिमा रिलायन्स लाईफको 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटेल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई 'क्लब योजना'मा सफलता हासिल गर्न सफल बिमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि लक्षित गरिएको थियो।