मोरङ कारागारमा तनाव : सुरक्षा निकायको खानतलासीपछि कैदीबन्दीहरूको विरोध र नाराबाजी
विराटनगर । जिल्ला कारागार मोरङमा सोमबार बिहान सुरक्षा निकायले चलाएको ‘सर्च’ अप्रेसनलाई लिएर तनाव उत्पन्न भएको छ । विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीहरू प्रशासनको विरोध गर्दै आन्दोलित भएका छन्। कारागारभित्र आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने मागसहित उनीहरू भवनको छतमा चढेर नाराबाजीमा उत्रिएका हुन्। सुरक्षा निकायलाई प्राप्त विशेष सूचनाका आधारमा कारागारभित्र लागूऔषध लगायतका अवैध वस्तुहरू खोज्न सोमबार बिहानैदेखि व्यापक खानतलासी अभियान थालिएको थियो।
