SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कुहिरोबाटै पिउने पानी

ओखलढुंगा : आकाशमा मडारिने कुहिरो पिउने पानीको स्रोत बन्छभन्दा पत्यार नलाग्न सक्ला। तर, ओखलढुंगाको खिजीदेम्बा–५ स्थित मेले गुम्बा टोलका लागि भने कुहिरो पिउने पानीको मुख्य स्रोत बनेको छ। २०७२ सालको महाभूकम्पपछि पानीका मुहान सुकेर काकाकुल बनेको यो बस्तीमा हाल कुहिरोबाटै स्वच्छ पिउने पानी संकलन गरी वितरण गर्न थालिएको छ।