सुक्खा पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि सञ्चालनमा
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, चालिसेमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक करिब चार घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।सोमबार बिहान पौने ६ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फको आवागमन अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन रोकिँदा लामो जाम लागेको थियो।
