SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु

लखीसराय : भारतको बिहारस्थित लखीसरायमा रहेको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ। भाद्र महिनाको पहिलो सोमबार परेकाले भगवान शिवको जलाभिषेकका लागि मन्दिरमा भक्तजनहरूको ठूलो भीड जम्मा भएको समयमा यो घटना भएको हो। प्रशासनिक अधिकारीहरूका अनुसार मृत्यु हुने सबै सात जना महिला रहेका छन्।