अमेरिकी सैनिक मारे वा समाते ३० हजार अमेरिकी डलर पुरस्कार दिने इरानको घोषणा
तेहरान : इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर (करिब ४५ लाख नेपाली रुपैँया) पुरस्कार दिने घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा पुरस्कार रकम दोब्बर अर्थात् ६० हजार डलर पुर्याइने इरानी सेनाले जनाएको छ। साथै, आक्रमणमा प्रयोग गरिएको हतियार खरिद गरी संग्रहालयमा राखिनेछ।
