SHARE
कालिका खबर · सोमबार १ भौ २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन

गोरखा : लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन् । गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी नेतृत्वको विज्ञहरुसहितको टोलीले गोरखकाली रबर उद्योगको अध्ययन, भ्रमण गरेका हुन् । गोरखा नगरपालिका–१३ मभुवामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विश्लेषकीय भ्रमण गरेको सांसद बुर्लाकोटीले बताए। ‘अर्थ, उद्योग र कानुन मन्त्रालयको प्रतिनिधिसहित गोरखकाली रबर उद्योगको विश्लेषकीय भ्रमण गरेका छौँ”, उनले भने, “रबर उद्योग सञ्चालनमा ल्याउने कानुनी सम्भावन के हुन्छ, आर्थिक सम्भावन के हुन्छ भनेर यो भ्रमण पछि छलफल हुन्छ ।