दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पकाे निर्देशन
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पेन्टागनलाई दक्षिण कोरियासँग सुरु हुन लागेको १० दिने संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएका छन्। उनले सैन्य अभ्यासको उच्च खर्च र इरानविरुद्धको अमेरिकी कदममा सोल (दक्षिण कोरिया) ले सहभागी हुन अस्वीकार गरेको विषयलाई यसको मुख्य कारण बताएका छन्।
