SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय उडानमा क्याबिन क्रुको सांकेतिक विरोध

काठमाडौं : अवकाशको असमान उमेरहदको सांकेतिक विरोधस्वरूप राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा कार्यरत क्याबिन क्रुहरूले आइतबारदेखि सांकेतिक विरोध थालेका छन्।उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय उडानहरूमा जहाजभित्रै हातमा कालोपट्टी देखाई सांकेतिक विरोध गरेका हुन्। निगम व्यवस्थापनले अदालतको फैसलाविपरीत गई क्याबिन क्रु (एयरहोस्टेस)हरूलाई ४५ वर्षमा उमेरमा अवकाश दिन थालेको हो।