SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

मोरङ कारागारमा खानतलासी : कैदीबन्दीको स्थानान्तरण तयारीपछि नाराबाजी र प्रदर्शन

विराटनगर : विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज  बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो।लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो खानतलासी नियमित भएको बताए।