SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

नाग, प्रकृति र संस्कृति

आज भदौ १, नागपञ्चमी अर्थात् घरघरमा नागको विशेष पूजाआजा गरिने पवित्र दिन। आजका दिन नागको पूजा गर्नाले वर्षभरि नागदोष, सर्पभय र भूकम्पादि प्राकृतिक प्रकोपबाट बचिन्छ भन्ने शास्त्रीय मान्यता छ। सर्प हाम्रा वातावरणीय मित्र हुन् भने नाग हाम्रा पूज्य देवता। वैदिक शास्त्रमा शेषनागलाई केवल धर्तीको मात्र नभई समग्र ब्रह्माण्डकै धारक मानिएको छ। त्यसैले नागको संरक्षण गर्नु भनेको मूलतः धर्ती र पर्यावरणकै रक्षा गर्नु हो।नागको बासस्थान जलमा हुन्छ। तर विडम्बना, आज हामी जलसंकटको गम्भीर मोडमा उभिएका छौं।